काठमाण्डौ उपत्यकासहित काभ्रेमा बाढीको उच्च जोखिम, २९ जिल्लामा पनि सावधानी अपनाउन आग्रह

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज पनि पानी पर्ने सम्भावना छ । पहाड र तराईका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम छ । काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रे गरी चार जिल्लामा आज बाढीको उच्च जोखिम रहेको हो ।

यस्तै अरु २९ जिल्ला नुवाकोट, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

ती नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गएराति पनि काठमाण्डौसहित केही ठाउँका नदी, खोलामा भेलबाढी आएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search