काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ । अस्ति राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर जलेका २५ वर्षीय नेपालीको उपचारका क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो ।
काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ ।











