युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ? भन्दै माइतीघरमा प्रदर्शन

काठमाण्डौ । जनपक्षीय ट्रेड युनियन महासंघले सरकारविरुद्ध काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ । महासंघले शनिबार गणेश नेपालीलाई आत्मदाह गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले “युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ?” भन्ने नारासहित विभिन्न प्लेकार्ड बोकेका थिए । उनीहरूले युवालाई आत्मदाहको अवस्थामा पुर्‍याउने होइन, रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले वर्तमान सरकार र राजनीतिक नेतृत्वको आलोचना गर्दै विभिन्न नारासहित विरोध जनाएका थिए । उनीहरूले गणेश नेपालीको घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search