खाँदबारी । नेपाल मोबाइल व्यवसायी महासंघ र संखुवासभा मोवाईल व्यवसायी संघको ५ औँ स्थापना दिवसको अवसरमा खाँदबारीमा मोवाइल व्यवसायीद्धारा ट्राफिक सचेतना तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ५ जना बढी व्यक्तिहरुले रक्तदान गरेका छन् ।

शनिबार खाँदबारीमा मोबाइल व्यवसायीद्धारा खाँदबारी आसपासका क्षेत्रमा ट्राफिक नियम पालना सम्बन्धि सचेतनामूलक होर्डिङ बोर्ड स्थापना साथै रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । संखुवासभा मोबाइल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल मोवाइल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष लोकमान तामाङ प्रमुख अतिथिका रुपमा सहभागी हुनु भएको थियो ।

कार्यक्रममा सडक सुरक्षा बारे सर्वसाधारणलाई सचेत गराउने उद्धेश्यले विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धि सूचना बोर्ड राखिएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने हिमालय माध्यमिक विधालय, कोटगाउँ टोल विकास संस्था, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी खाँदबारी शाखा तथा अन्य सहयोगी संस्था व्यक्तिहरुप्रति संघले आभार व्यक्त गरेको छ ।











