काठमाण्डौ । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन् ।
प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।











