संखुवासभा । खाँदबारी नगरपालिकाले हरित नगर बनाउन खाँदबारीका मुख्य बजारहरुमा विरुवा वितरण गरेको छ । खाँदबारी नगरलाई हरित नगर बनाउने उद्देश्यले यो साता खाँदबारी बजार र मानेभञ्याङ बजारमा विरुवा वितरण गरिएको छ । खाँदबारी,मानेभञ्याङ र तुम्लिङटार बजार क्षेत्रलाई क्लिन सिटी, ग्रिन सिटी बनाउने लक्ष्य र हरित नगर बनाउने धुपी, कल्की लगायत फुलका विरुवा वितरण गरिएको हो ।
बजार क्षेत्रको सौर्दयता बढाउन विरुवा र फुल वितरण शुरु गरिएको छ । एक घर एक विरुवा र घर घरमा फुल रोपेर हरित शहर निर्माण कार्यमा सबै नगरबासीको सहयोग आवश्यक भएको खाँदबारी नगर प्रमुख महेश थपलियाको भनाइ छ । विरुवा र फुल रोप्न नगरले गमला समेत उपलब्ध गराउने भएको छ । बजारलाई सुन्दर बनाउनको लागि सबै एकजुट भएर लाग्नु पर्ने वहाँको भनाई छ ।
खाँदबारी बजारका घरघरमा गएर नगर प्रमुख नगर प्रमुख थपलियाले विरुवा वितरण कार्य शुभारम्भ गर्नुभएको होे । यो संगै यसै साता मानेभञ्याङका विभिन्न टोलमा पुगेर नगर प्रमुख थपलिया, उपप्रमुख डेगेश्वरी श्रेष्ठ, वडाध्यक्ष भरत कुमार घिमिरे तथा नगरपालिकाको कर्मचारीहरुले विरुवा वितरण गरेका थिए ।
खाँदबारी नगरपालिकाले वितरण गरेका विरुवा वृक्षरोपण गरी सदुपयोग गर्न अनुरोध गरिएको छ । नगर क्षेत्रका बजारमा धुपी १ हजार ६० र कक्की ५ सय ५० बोट विरुवा वितरण गरिएको हो । घरका बार्दली तथा अगाडी सबैभन्दा उत्कृष्ठ विरुवा बनाउनेलाई पुरस्कार समेत दिईने मेयर थपलियाको भनाई छ ।











