संखुवासभा । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा अनलाइन वक्तृत्वकला प्रतियोगीता डिजिटल स्पिच नेपाल सिजन २ को आयोजना हुने भएको छ । संखुवासभाको खाँदबारी स्थित नागरिक चासो मल्टिमिडिया प्रा।लि।को आयोजना विश्व व्यापि अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने भएको हो । गत बर्षबाट नियमित रुपमा आयोजना गर्न सुरु गरिएको कम्पनी जनाएको छ ।
१८ बर्षमुनिका बालबालिकाहरु सहभागिता हुने गरि प्रतियोगिताको आयोजना गरिएको नागरिक चासोका अध्यक्ष संयोगान्त कुलुङले बताउनुभयो । बालदिवसलाई लक्षित गरि समृद्ध नेपालका लागि हाम्रो भुमिका विषयमा जुनसुकै स्थानबाट सहभागी हुन सकेने वहाँले बताउनुभयो । विश्वभरी रहेका नेपाली भाषिहरु सहभागी हुन सक्ने छन् । सहभागी हुन चाहानेहरुले १८ बर्षमुनिको प्रमाणसहि साउन मसान्तसम्ममा ५ देखि ७ मेनेटसम्मको सम्पादन नगरिएको भिडियो इमेल मार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ ।
सहभागीहरुमध्ये प्रथमलाई नगद १५ हजार र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद १० हजार र प्रमाण पत्र, तृतीय हुनेलाई नगद पाँच हजार र प्रमाण पत्र र सन्तवना हुनेलाई नगद दुई हजार र प्रमाण पत्र प्रदान गरिने छ ।
चर्चित सामाजिक सञ्जाल फेसबुक पेज शिक्षा सामाजिक सञ्जाल पार्टर रहेको प्रतियोगीताको निर्णायक सार्वजनिक गरिएको छैन । यस सिजनका लागि अनेरास्ववियु संखुवासभा, नेपाल विद्यार्थी संघ संखुवासभा र किवानिस क्लब अफ खाँदबारीसंग समन्वय गरिएको छ । डिजिटल माध्यमबाट माध्यमिक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । घरैमा बसेर मोवाइल फोन मार्फन नै भिडियो खिचेल वाक कला प्रस्तुत गरेर सहभागी हुन सकिने यो कार्यक्रमले धेरैको प्रतिभा उजागर गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।











