३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिबाना

काठमाण्डौ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डौको शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर (बोतलको पानी)बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएको हो ।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभयो । रेस्टुरेन्टले अब पनि अङ्कित मूल्यभन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने उहाँको भनाइ छ ।

महानिर्देशक पौडेलले चाडपर्व लक्षित विभागको सात वटा टोली बजार अनुगमनमा रहेको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनका लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर पालिकामार्फत बजार अनुगमनलाई तीव्र पारिएको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search