संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ५ मांसिमामा बन्न लागेको ईन्दुवा खोला जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष योगराज राईको अध्यक्षता तथा मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानीयले राखेका मागहरु गाउँपालिकाको सुझाव तथा आयोजना सञ्चालकहरुको भनाई समेटिएको पालिका उपाध्यक्ष मनकला राईले बताउनु भयो । उक्त आयोजना २४.९२१ मेगावाट क्षमताको निर्माण हुने आयोजना निर्माण कम्पनिले जनाएको छ । कार्यक्रम विहिबार माङ्सिमाको राईगाउँमा भएको हो । कार्यक्रममा स्थानिय, जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।












