एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल जापानसँग पराजित

काठमाण्डौ । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल साबिक विजेता जापानसँग पराजित भएको छ । कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भएको हो ।

नेपालका लागि सबिनकुमार लुङगेली मगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमा जापानका तानो डाइचीले खेलको १७ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले चार गोल गरे । पहिलो हाफमा ५–१ ले अगाडी रहेको जापानले खेलको दोस्रो हाफमा थप चार गोल थप्यो । नेपालका विज्ञान खड्काले थप एक गोल गरे ।

समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै , कतार, र मङ्गोलिया छन् । नेपालले अब दोस्रो खेलमा भोलि शुक्रवार घरेलु टोली कतारसँग खेल्ने छ । अन्तिम खेल आइतवार मङ्गोलियासँग खेल्नेछ । दुवै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search