इजरायली आक्रमणबाट गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ७० जना पुग्यो

विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा अहिलेसम्म सात सय ७० जना भन्दा धेरै मानिसको ज्यान गएको छ । हमासले अघिल्लो वर्ष सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले गाजामा आक्रमण शुरु गरेको थियो ।

गाजाको उत्तरी भागमा अझै दशौँ हजार नागरिक फसेका बीबीसीले जनाएको छ । त्यहाँ इजरायलले यस महिनाको शुरुदेखि सैन्य कारबाही थालेर हमासमाथि दबाब कायम राखेको खबरमा उल्लेख छ ।

आक्रमणका कारण बनेका भग्नावशेषमुनि मानिसहरू अझै पुरिएका हुनाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने नागरिक सुरक्षा निकायको भनाइ छ । इजरायलले गाजामा विद्यालय र आश्रयस्थलमा आक्रमण गरिरहेको भए पनि सेनाले भने हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताउँदै आएको छ ।

उत्तरी क्षेत्रमा अब प्राथमिक उद्धार सेवाहरू प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई बम विस्फोट गरी मार्ने धम्की दिएको निकाय आरोप छ ।

यसैबीच गाजामा झण्डै एक वर्षको युद्धपछि इजरायलले अर्को विद्रोही समूह हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने भन्दै गएको महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search