अर्घाखाँचीको शितगङ्गामा प्लास्टिकका माला बिक्रीमा रोक

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकाले प्लास्टिकका मालाको बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र तिहारको समयमा प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताउनुभयो ।

नगरपालिकाले सूचना निकालेर स्थानीय फूलहरूको प्रवर्द्धन गर्नुका साथै प्लास्टिकजन्य फोहोरको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search