सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search