काठमाण्डौको नरेफाँटमा आगलागी हुँदा पसल र डान्सबार जलेर नष्ट

काठमाण्डौ । काठमाण्डौ नरेफाँटको एउटा घरमा गएराति आगलागी भएको छ । गएराति पौने १२ बजेतिर बालकुमारी गेट नजिकै सीसीआरसी कलेजको छेउमा रहेको स्वाभिमान श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक दलकुमार राईले उज्यालोलाई जानकारी दिनुभएको छ ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ । यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल पनि जलेको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेको छ ।

आगलागीमा परेका पसलका व्यक्तिहरुले नै क्षतिको अनुमानित विवरण दिन नसकेका कारणले आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको राईले बताउनुभएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो ।

आगो निभाउन काठमाण्डौका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search