पाँचखपन ६ का कृषक सल बहादुर कार्की पुरस्कृत

संखुवासभाको पाँचखपन नगरपालिका ६ का एक किसान पुरस्कृत भएका छन् । वडा नं. ६ भित्र सबै भन्दा बढी धान उत्पादन गर्ने कृषकलाई वडा कार्यालयले पुस्कृत गरेको हो । एकै खलामा ५० मुरी धान उत्पादन गर्ने कृषक सल बहादुर कार्कीलाई पुरस्कृत गरिएको वडा अध्यक्ष विष्णु श्रेष्ठले बताउनु भयो । कृषक कार्कीलाई नगद २० हजार रुपैयासहित सम्मान गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेटबाट कृषकलाई पुरस्कृत गरिएको हो । पछिल्लो समय कृषि पेशामा घट्दो क्रमलाई रोक्न तथा धेरै उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप वडाले कार्यक्रम गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । मंगलबार कृषक कार्की कै खलामा पाँचखपन नगरपालिका कृषि शाखा र वडा कार्यालयको उपस्थितिमा पुरस्कृत गरिएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search