एनपीएल : कर्णालीले काठमाण्डौलाई दियो १ सय ५० रनको लक्ष्य, धवनको अर्धशतक

काठमाण्डौ । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा कर्णाली याक्सले काठमाण्डौ गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौका गेरहार्ड इरस्मसले २ विकेट लिए ।

दुवै टोली आज पहिलो जीतको खोजीमा छन् । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो भने काठमाण्डौ चितवन राइनोजसँग पराजित भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search