एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै

काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्दैछन् । एन्फा कम्प्लेक्समा सातदोबाटोमा खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजोको खेलमा बाग्मती युथ क्लबलाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिकाले सान्त्वना जीत निकालेको थियो । एन्फा महिला लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ ।

आउँदो शनिवार दशरथ रङ्गशालामा हुने प्रतियोगिताको क्वालिफायर–१ मा एपीएफ र आर्मी खेल्नेछन् । त्यसअघि शुक्रवार इलिमिनेटरमा तेस्रो स्थानको पुलिस र चौथो स्थानको बाग्मती युथ क्लबले खेल्नेछन् ।

यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न सोमवार दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते दशरथ रङ्गशालामा हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search