अध्यादेशबारे एमाले संसदीय दलमा छलफल

काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरुबारे नेकपा एमालेको संसदीय दलमा छलफल सुरु भएको छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद् भवनको लोत्से हलमा छलफल सुरु भएको हो ।

‘अध्यादेशहरूबारे संसदीय दल र हाम्रा मन्त्रीहरूबीच छलफल राखिएको हो’, बर्तौलाले भने । गत २६ पुसमा सरकारले ५ वटा अध्यादेश सिफारिस गरेको थियो । सिफारिस भएका सबै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search