संखुवासभाको मकालुमा बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु

मकालु । संखुवासभाको मकालुमा बिजुलीको पोलबाट लडेर एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ करिब पौने ७ बजेतिर मकालु गाउँपालिका– ६ स्थित विर्जमान राईको छोरा २६ वर्षीय उपेन्द्र राई बिजुलीको पोलमा चढी तार जडान गर्ने क्रममा अचानक करेन्ट लागेर लडी गम्भीर घाइते भएको र राति नै खाँदबारी अस्पताल ल्याउँदा चिकित्सकले शुक्रबार बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए।

उनका अनुसार मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टमपछि कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई शव दिइने प्रहरीको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search