सान्जेन खोला जलविद्युत् परियोजना शुरू

काठमाण्डौ । सान्जेन खोला जलविद्युत् परियोजना शुभारम्भ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, चिनियाँ राजदूत र इन्जिनियरलगायतका चिनियाँ टोलीले आज परियोजनाको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले देश समृद्ध बन्ने बताउँदै १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम अघि बढाइरहेको उल्लेख गर्नुभयो । दुई ठूला छिमेकी देशहरू भारत र चीनसँगको सहकार्यमा अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने उहाँको भनाइ छ ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको दाबी गर्नुभएको छ । उहाँले घरायसी ग्राहकले लोडशेडिङ भोग्न नपर्ने जिकिर गर्नुभयो । विद्युत् प्राधिकरणको आर्थिक अवस्था राम्रो नरहेको भए पनि सुधार गर्नसक्ने ठाउँहरू प्रशस्तै रहेको उहाँको भनाइ छ ।

एशियाकै उत्कृष्ट इन्जिनियर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका भन्दै मन्त्री खड्काले आर्थिक सुशासन कायम गरेर लोडशेडिङ हुन नदिई जलविद्युत् क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search