काठमाण्डौ । गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ घर भएका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिनुभयो ।