शेयर बजार साढे ५ अङ्कले घट्यो, ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार

काठमाण्डौ । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज बोटलर्स नेपाल (बालाजु)कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search