हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गएको पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो ।
कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा शुरु भएको हो । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा यो सडकखण्ड पूर्ण रूपमा बन्द हुन्छ ।
नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने कार्यालय प्रमुख जैसीले बताउनुभयो । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः शुरु हुनेछ ।