१६ दिनदेखि म्यानमारको भूकम्प प्रभावित शहरमा डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसी यतिबेला भूकम्प प्रभावित म्यानमारको माण्डले शहरमा छन् । यो म्यानमारको दोस्रो ठूलो शहर हो । उनका सहयोगीले दिएको जानकारी अनुसार वितग दुई सातादेखि डा.केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सेवा दिइरहेका छन् ।

२०२५ मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । यो भूकम्पले सागाइन र माण्डले प्रदेशका साथै म्यानमारको राजधानी नेपितोमा ठूलो क्षति पुर्‍याएको छ ।

म्यानमार सरकारले सार्वजनिक गरेको विववरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब चार छ । अझै धेरै व्यक्तिहरू हराइरहेको विभिन्न संघ, संस्थाहरूले रिपोर्ट निकालिरहेका छन् ।

हाडजोर्नी विशेषज्ञ डा।केसी मानवीय सहयोगका लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेको उनका सहयोगीले जानकारी दिएका छन् । डा.केसीले भूकम्पका घाइतेहरूको उपचारमा बिगत १६ दिनदेखि खटिएका छन्।

बिरामीको उपचारमा भाषिक समस्या भएपनि म्यानमारका चिकित्सक तथा मेडिकल विद्यार्थीहरूले अनुवादकको काम गरी डा.केसीलाई सहयोग गरेका थिए । केसी आफ्नै खर्चमा उपचारमा खटिएको उनका सहयोगीले बताएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search