म्याग्दी । म्याग्दीको लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्र्याक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्र्याक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङ–देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्र्याक निर्माण भएको छ ।
लुलाङ–गुर्जा सडकका लागि सङ्घीयसहित गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुईरदुई करोड रुपैयाँ बजेट विनियोजन गरेकामा तीन करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।