नेपाल ओलम्पिक संग्रहालयका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन

काठमाण्डौ । नेपाल ओलम्पिक संग्रहालयका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन भएको छ । लामो समयदेखि उपचार गराइरहेका काठमाण्डौ ढल्कोका ५५ वर्षिय श्रेष्ठको पाटन अस्पतालमा उपचारको क्रममा अस्ति आइतवार राति निधन भएको हो । उहाँको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका श्रीमती र एक छोरी छन् ।

श्रेष्ठ नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक पनि हुनुहुन्छ । लामो समय खेलकुद पत्रकारिता र फोटो पत्रकारिता गरेका श्रेष्ठले विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव छ । उहाँले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गर्दै खेलकुदसम्बन्धी पुस्तकहरु प्रकाशन गर्नुभएको थियो ।

नेपाल स्टिक स्पोट्र्स संघका सचिव समेत रहनुभएका श्रेष्ठ विजनेश डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । उहाँले नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search