विद्युतीय गाडीमा काठमाण्डौदेखि कन्याकुमारी पुगेर फर्किएका २ जना सिप्रदी ट्रेडिङद्वारा सम्मानित

काठमाण्डौ । काठमाण्डौदेखि भारतको कन्याकुमारीसम्म विद्युतीय गाडी (ईभी) मा ६ हजार ७ सय किलोमिटर लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेका दुई जना नेपाली चालकलाई सिप्रदी ट्रेडिङले विशेष सम्मान गरेको छ । विजयराम कसजु र आशिषप्रसाद ओझाले भर्खरै नेपाली बजारमा सार्वजनिक भएको टाटा कर्भ ईभीमा यात्रा गरेर फर्किएपछि थापाथलीमा रहेको सिप्रदीको शोरुममा खादा, फूलमाला र मायाको चिनोसहित सम्मान गरिएको हो ।

यो यात्रा स्वच्छ वातावरणको सन्देश दिनुका साथै विद्युतीय गाडीले लामो दूरीको यात्रा पनि सहज रूपमा गर्न सक्छ भन्ने कुरा देखाउनु रहेको सिप्रदी ट्रेडिङका प्रबन्ध निर्देशक शावन्तजङ्ग सिजापतिले जानकारी दिनुभयो । यो यात्रा नेपालको सन्दर्भमा विद्युतीय गाडीको सम्भावना, भरोसा र वातावरणमैत्री भविष्यतर्फको एक प्रेरणादायी उदाहरण बनेको उहाँले बताउनुभयो । ‘यो यात्राले विद्युतीय गाडी लामो दूरीमा उपयुक्त हुँदैन भन्ने भ्रम तोडेको छ । हामीलाई गर्व छ कि हाम्रा चालकहरूले सुरक्षित र सफल यात्रा पूरा गर्नुभयो’, उहाँले भन्नुभयो ।

६ दिनमा सम्पन्न भएको यस यात्रामा कुनै मर्मतको आवश्यकता नपरेको दुवै जना चालकले जानकारी दिए । टाटा कर्भ इभीले एक पटकको पूर्ण चार्जमा झन्डै ३ सय ७५ किलोमिटर यात्रा गर्न सक्ने क्षमता राख्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search