पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोट बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार गएरातिको अविरल वर्षाका कारण सडक माथिबाट ठूलो पहिरोसँगै ठूला–ठूला चट्टानहरू खसिरहेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि प्रहरी चौकी भुर्तुङ्बाट प्रहरी टोली पुगे पनि तत्कालै पहिरो पन्छाउन भने सम्भव नदेखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मी हुँदै बाग्लुङ जाने यो सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा बाढी र पहिरो जान सक्ने भन्दै पहिरोग्रस्त र खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search