अब राष्ट्रिय परिचयपत्रमार्फत केवाईसी सङ्कलन हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०८२/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि त्यो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्नसक्ने पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजना अन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना र नवप्रवर्तनको प्रवर्द्धनमा समेत जोड दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search