काठमाण्डौ महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । मेयर बालेन्द्र शाहको अध्यक्षमा महानगरको कार्यालयमा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आउँदो आर्थिक वर्षका लागि महानगरपालिकालाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपणसहित बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आउँदो आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ११ करोड रुपैयाँ बजेटको सीमा निर्धारण गर्दै सार्वजनिकका लागि तयारी गर्दैछ । बैठकमा मेयर शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनुभएको थियो । चालू आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search