उच्च अदालतबाट सफाइ पाएका पूर्वमन्त्री आलमविरूद्ध सर्वोच्चमा पुनरावेदन

काठमाण्डौ । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भए पनि उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री मोहम्मत आफताब आलमविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन परेको छ । महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्चमा पुनरावेदनका लागि निवेदन पेश गरेको हो । भोलि पुनरावेदन दर्ता हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

पहिलो संविधानसभा चुनावको अघिल्लो रात २०६४ चैत २७ गते रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गएको जेठ १४ गते सफाइ दिएको थियो । यो फैसलाविरुद्द चौतर्फी आलोचना भइरहेको छ । फैसला सुनाउने उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्चमा झिकाएर न्याय परिषदले अनुसन्धान गरिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search