रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोधसहित बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग राखेर गएको जेठ १३ गतेदेखि सदनमा अवरोध गर्दै आएका दुई वटा दलले आज पनि अवरोधसहित बहिष्कार गरेका हुन् ।

आज बैठक शुरू भएलगत्तै दुवै दलका सांसदहरूले उठेर अवरोध गरे । सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि रास्वपाकी सांसद विन्दवासिनी कंसाकारले भिसिट भिसाका नाममा नेपाली बेचिने काम भइरहेको भन्दै त्यसको उच्चस्तरीय छानबिनको माग गर्नुभयो ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा, मन्त्रीहरूको घुस डिल लगायतका प्रकरणहरूको छानबिनका लागि न्यायिक आयोग बनाउन माग गर्नुभयो । आफ्ना कुरा राखेपछि दुवै दल बैठक छाडेर बाहिरिएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search