काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावमा भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी हुनुभएको छ । राई १ हजार ९१३ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ध्रुवराजले १६ हजार ६ सय ६३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ जहार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद ओझाले ६ हजार १०२ मत प्राप्त गर्नुभएको छ ।
योसँगै श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ वटा सिट जितेको छ । यसअघि पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ मा र आरेन राईले खोटाङमा जित्नुभएको छ । यस्तै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि १ लाख मत कटाएको छ ।










