इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो सैन्य क्षमताले कम्तीमा ६ महिनासम्म तीव्र लडाइँ धान्न सक्ने दाबी गरेको छ । द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेर मध्यपूर्वभरि तनाव फैलिएको बेला इरानले आफ्नो सैन्य क्षमता कम्तीमा ६ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै इजरायली सेनाले तेहरानका विभिन्न सैन्य पूर्वाधारमा नयाँ आक्रमण शुरू गरेको जनाएको छ । इजरायलले बेरुतको एक होटलमा लक्षित आक्रमण गर्दा चार जनाको ज्यान गएको छ । साउदी अरेबिया, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि मिसाइल तथा ड्रोन आक्रमणका प्रयासहरू भएका छन् ।
होर्मुज जलमार्गमा बढ्दो जोखिमका कारण कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा उकालो लागेको छ । विश्लेषकहरूका अनुसार यो द्वन्द्व छिट्टै अन्त्य हुने सङ्केत देखिँदैन ।










