कालीगण्डकीमा पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटियो

काठमाण्डौ । पाल्पाको बगनासकाली–७ दैलातुङ कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ । नयाँ वर्षको दिन हिजो बेलुका कालीगण्डकी नदीमा पौडी खेल्न गएका बगनासकाली गाउँपालिका–९ चाप्पानी पाल्पाका ३९ वर्षीय शरण भुसाल र त्यही ठाउँका २९ वर्षीय तोयानाथ बस्याल बेपत्ता हुनुभएको थियो ।

भुसाल र बस्यालको खोजी गर्दा आज बिहान तोयानाथ बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शरण भुसालको खोजी भइरहेको छ ।

कालीगण्डकी नदीमा पौडी खेल्न गएका चार जना गएका थिए । उनीहरूलाई नदीले बगाएको र दुई जनाले पौडिएर नदी पार गर्न सफल भएको प्रहरीको भनाइ छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search