आज सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज ३ हजार रुपैयाँले घटेको छ । आज तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search