लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विराेध निर्वाचित

काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध चयन हुनुभएको छ । खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी हुनुहुन्थ्यो । सङ्घीय संसद् सचिवालयले हिजो उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा लेखा समिति सभापतिमा खड्काको मात्रै उम्मेदवारी परेको थियो । आज बसेको समिति बैठकमा उहाँ निर्विरोध निर्वाचित भएको घोषणा भएको हो ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सघाउने निर्णय गरेको थियो । खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

सभापतिमा निर्वाचित भएको घोषणापछि उहाँले जवाफदेही भएर जिम्मेवारी सम्हाल्ने, आर्थिक सुशासन र वित्तीय अनुशासन कायम राख्ने गरी काम गर्ने बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search