नेपाल पानी उद्योग महासंघले पिउने पानीको मूल्य बढाउने : लागत र ढुवानी बढेको भनाइ

काठमाण्डौ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ । इन्धनसँगै कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

महासंघले विज्ञप्ति निकालेर अहिले पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्यापलगायतका कच्चा पदार्थको मूल्यमा झण्डै ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । महासंघले उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search