सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । तीन दिन लगातार घटेको सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको चार हजार ८१० रुपैयाँ रहेको थियो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search