नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

काठमाण्डौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

आउँदो साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरुले सरकारलाई गराउनुभएको छ । देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको हो ।

नवयुवा आन्दोलनको क्रममा गएको भदौ २४ मा बूढानीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरु घाइते हुनुभएको थियो । त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुग्नुभएको थियो ।

नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ । देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरुमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search