काठमाण्डाै । काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दीप ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा तथा स्टोरकिपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नभई बिलबिजक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाइएअनुसारको औषधि मौज्दात नरहेको आरोपपत्रमा उल्लेख छ ।











