लगातार घटेको सुनचाँदीको भाउ आज बढ्यो

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुनचाँदीको भाउ हप्ताको अन्तिम कारोबार दिन आज बढेको छ । सुनको भाउ आज तोलाको २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हप्ताको पहिलो कारोबार दिन गएको आइतबार सुनको भाउ ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र बुधवार १ हजार ४०० रुपैयाँले घटेको सुनको भाउ आज भने २ हजार ७०० रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलाको १७० रुपैयाँले बढेको छ । हिजो चाँदीको भाउ १६० रुपैयाँले घटेर तोलाको ४ हजार ३४० रुपैयाँमा कारोबार भएकोमा आज १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search