केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना

काठमाण्डौ । आज, भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना छ ।

दिउँसो लुम्बिनी प्रदेशको तराईसहित देशको पहाडी एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । राति मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोेरै ठाउँमा, मधेस सहित कोशी, बागमती, गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईको एक /दुई ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।भोलि र पर्सि पनि केही ठाउँमा यसैगरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search