साम्प्रदायिक तथा सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

काठमाण्डौ । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन् ।

प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search