Ads3

ओपनएआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थाई रोक

ओपनएआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थाई रोक

ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ ।

एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ ।

कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जानकारी दिएको थियो । ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिइएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपनएआईले जनाएको छ ।

यसैबीच, एआई मूल्यांकन संस्था ट्रान्सलुसले ओपनएआईसँग सम्बन्धित देखिएका केही एआईले अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको जनाएको छ । यो दाबीलाई ओपनएआईले भने पुष्टि गरेको छैन । ओपनएआईका अनुसार थप सुरक्षा उपायहरू लागू भएकोमा विश्वस्त भएपछि मात्र मोडलको प्रशिक्षण पुनः शुरु गरिनेछ ।

एआई प्रविधिको विकाससँगै नयाँ चुनौतीहरू देखिन सक्ने भएकाले भविष्यमा पनि प्रशिक्षण अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ ।

एआईले वेबसाइटसँग अन्तरक्रिया गर्ने, सूचना खोज्ने तथा विभिन्न कार्य आफैं सम्पन्न गर्ने क्षमता बढ्दै गएपछि यसको सुरक्षा र नियन्त्रणबारे अमेरिकी सांसद तथा प्रविधि विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्