Ads3

इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी

इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी

गाजा र इजरायलबीच तीन वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदनअनुसार गाजाको कुल कृषियोग्य जमिनमध्ये अहिले झण्डै ३ प्रतिशत हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँचयोग्य रहेको छ ।

युद्धअघि गाजाको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब १० प्रतिशत थियो । त्यतिबेला गाजामा १५ हजार २ सय हेक्टर जमिनमा तरकारी तथा ७ हजार ७ सय हेक्टरमा विभिन्न रुखजन्य बाली उत्पादन हुँदै आएको थियो । तर तीन वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमिन घटेर ४ सय ४८ हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

सुरक्षा जोखिम तथा कृषि रसायनको अभावका कारण कृषि उत्पादनमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ । द्वन्द्वका कारण कृषिमा निर्भर झण्डै ५ लाख ६० हजारभन्दा बढी मानिसको जीविकोपार्जन प्रभावित भएको छ । हमास प्रशासनले पछिल्ला वर्षमा कृषि क्षेत्रमा साढे ३ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ ।

जग्गामा पहुँच गुम्नु, आवश्यक कृषि सामग्रीको अभाव र निरन्तरको गोलाबारीका कारण गाजाको खाद्य सुरक्षा आगामी वर्षहरूमा समेत अनिश्चित बनेको प्रतिवेदनले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्