सुनको भाउ एक हजार चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search