मकालुमा खानेपानी व्यवस्थापनको लागि ९७ लाख बराबरको आर्थिक सहयोग

संखुवासभाको मकालु गाउँपालिका वडा नं १ का स्थानीय बासीका लागि खानेपानी व्यवस्थापन गर्न आर्थिक सहयोग जुटेको छ । यहाँका करिब ८२ घरधुरीलाई स्वच्छ खानेपानी व्यवस्थापनको लागि करिब ९७ लाख रुपैंयाको सहयोग प्राप्त भएको छ।

मंगलबार प्लान फर नेपाल काठमाडौँको संयोजनमा एसोेशिएशन मनि पर इल नेपाल स्वीजरल्यान्डले सहयोग गरेको गाउँपालिका अध्यक्ष आङ्दीे छिरिङ शेर्पाले जानकारी दिनुभयो । सो संस्थाले मकालु गाउँपालिकामा यस अघि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको थियो ।

स्थानीयलाई स्वरोजगार तथा सिप विकास र झोलुंगे पुल निर्माणमा सो संस्थाले सहयोग गरिसकेको छ । मकालु समृद्धीमा महत्वपूर्ण योगदान गरेको भन्दै गाउँपालिकाले मनि पर इल नेपाललाई विशेष कार्यक्रम गरी सम्मान समेत गरिसकेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search