मकालु । संखुवासभाको मकालु गाउँपालिकामा हाडजोर्नी तथा नसा रोग सम्बन्धी दुई दिने शिविर सम्पन्न भएको छ । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.गोविन्द केसीले शिविरमा सेवा दिएका हुन् । मकालु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतबार र सोमबार शिविर सञ्चालन गरिएको थियो ।
नुम प्राथमिक स्वास्थ्य केन्द्र नुममा सञ्चालन भएको शिविरमा पालिका भित्रका १ सय ४९ जनाले सेवा लिएको मकालु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामाले बताए । उक्त शिविरमा ५९ पुरुष र ९० महिलाले सेवा लिएका थिए । शिविरमा सम्भव रहेकाको उपचार गरिएको र त्यहाँ उपचार असम्भव भएकालाई सुविधायुक्त अस्पतालमा जान परामर्श दिइएको प्रमुख लामाले बताए ।












