कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाण्डाै । कम्बाेडियाबाट ४६ जना नेपालीकाे उद्धार भएकाे छ । थाइल्यान्डकाे बैंककमा रहेकाे नेपाली दूतावासले उनीहरूकाे उद्धार गरेकाे हाे । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएकाे छ ।

दूतावासकाअनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।

दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान अनुरोध गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search